बोलेको भोलि बिर्सने प्राणिलाई नेता भनिन्छ !

आज के बोलेको भोलि बिर्सने प्राणिलाई नेता भनिन्छ । अन्य तहका कर्मचारीलाई सेवा सुविधा दिने बेलामा कुनै आईतवार, नीति नियम खोज्न परेन ।

पीडित विद्यालय कर्मचारी (लेखापाल) जसको कामको कुनै ठेगान हुँदैन, छुट्टिका दिनमा समेत काम गर्नुपर्ने बाध्यता हुन्छ । उनीहरुलाई न्यून परिमश्रममा काम गराएर श्रम सोषण गर्ने र श्रमको मूल्य दिने बेलामा चाँही अनेक तर्क वितर्क गरेर टार्न खोजेको देखिन्छ ।

शोषित, पिडितवर्गका आवाज उठाउन भनि आन्दोलनको आधीवेरिमा होमिएका नै सत्ताको ललिपमा मस्त देखिन्छन् तर श्रमजीवी वर्गको आवाज त के नाम लिन पनि चाहदैन्न् ।

यस्ता शाषकहरुले राज गरेको मुलुकमा शोषित पिडित वर्गले न्याय कहाँ पाउने ? ठूलाबडा आउँदा सोफामा बसाएर लोकल कुखुराको खाने की खसीको मासु भनी सोध्ने गरिन्छ । तर गरिब आउँदा परै बस भनेर ठूलो स्वर गरिन्छ । हामी बिद्यालय कर्मचारीमा यही नियत लागू भएको देखिन्छ । धनी र गरिबबीचमा विभेद गरिए जस्तो ।

बरु तुरुन्त यो विद्यालय कर्मचारी कोटा नै खारेज गर सरकार । हामीले जस्ता अरुले उर्जाबान समय यहि बर्वाद गर्न नपरोस् । बरू बेलैमा खाडी छिरि रेमिट्यान्स पठाउँछौ, तिमी मस्ति गरौला अर्थात आ–आफ्नो सुर गर्छौ। सधै हामीलाई ललिपप देखाएर सत्तामा जाने भर्याङ मात्र कति बनाउँछौ ।

समयमा घर आउन पाएका छैनौ, समयमै तलब पाएका छैनौं, दरबन्दी छैन । खाने लाउने जिन्दगीको कुनै ठेगान छैन् । अनेकौं समस्या झेलेर हामी आफ्नो काममा लागिरहेका छौं ।

वर्षौं काम गरेर हामी खाली हात अवकाश लिनुपर्छ । हाम्रो पिर न स्थानीय सरकारकारका राजा महाराजाहरुले बुझे न प्रदेशका राजाहरुले, नत संघीय सरकारले । त्यैसैले हामी जस्ता हजारौंको भविष्य बर्वाद नपारी यो कोटा नै खारेज गरेर मार्ग प्रसस्त गर्नु ।

Previous articleबाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग
Next articleसामुदायिक बिद्यालयमा अध्ययन गर्ने जानकी-५ का छात्रालाई साईकल उपहार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here