
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ५ मा सामुदायिक बिद्यालयमा अध्ययनरत बालिकाहरुलाई साईकल बितरण गरिएको छ ।
जानकी गाउँपालिका वडा नं ५ ले शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न सामुदायिक विद्यालयका २५ जना छात्रालाई आइतबार साइकल वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँले छात्रालाई साईकल हस्तान्तरण गर्दै उच्च शिक्षासम्मका लागि शुभकामना दिनुभयो ।
बिद्यालयबाट घर टाढा रहेका ९ कक्षामा अध्ययनरत छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले जानकारी दिनुभयो ।





