कोहलपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका

सांकेतिक तस्बिर

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ स्थित पार्वतीपुरमा मंगलबार एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडरिया र २३ वर्षीया अञ्जली गडरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरूको बिहे भएको एक वर्ष भएको थियो ।

घटना शङ्कास्पद भएको उल्लेख गर्दै डिएसपी न्यौपानेले शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताउनुभयो । ‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ’, डीएसपी न्यौपानेले भन्नुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

Previous articleचार वर्षपछि नगर स्तरीय स्वच्छता समन्वय समितिको बैठक
Next articleघरायसी बिवादले लियो आफ्नै भाई-बुहारीको ज्यान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here