घरायसी बिवादले लियो आफ्नै भाई-बुहारीको ज्यान

नेपालगञ्ज । करिब एक महिनादेखि कोहलपुर नगरपालिका वडा नं-१४ पावर्तीपुरस्थित गडरिया परिवारमा सामान्य विवाद चन्दै थियो ।

विवाद, झैझगडा भएपनि कृष्ण कुमार गडरिया र अन्जली गडरियाको दैनिकी चलिरहेको थियो । सामान्य विवादकाबीच चलिरहेको दैनिकीकै क्रममा भाईभाईबीच कुटाकुट भयो ।

भाई कृष्ण कुमारले बुबा घिरन गडरियासंग मिलेर आफ्नै सहोदर दाई बिजय गडरियालाई घरायसी बिषयमा कुटेका थिए । कुटाई खाएर साम्य भएको विवादले योजना बन्न थालेको थियो ।

आफुले खाएको कुटाईको बदला लिने बिजयले योजना बनाएका थिए । आफुलाई कुट्ने भाई कृष्ण र उनकी श्रीमती अन्जलीसंग बदला लिने भनेर बिजयले सुपारी दिए । करिब १८ दिन अघि शुरु भएको विवादको बदला बिजयले लिएरै छाडे ।

सोमबार राती बिजयले सुपारी दिएका व्यक्तिले कृष्ण र अन्जलीको हत्या गरेका छन् । प्रहरीले मंगलबार बिहान गडरिया दम्पती मृत्युको अनुसन्धान गर्दा बिजयले नै भाइ-बुहारी २५ वर्षीय कृष्ण र २३ वर्षीया अञ्जलीको हत्या गराएको खुलेको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०-५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको खुलेको छ ।

विजयलाई घटनास्थलमा शंकास्पद अवस्थामा भेटेपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालको थियो । अनुसन्धानका क्रममा विजयले योजना बनाई सुपारी समेत दिएर मार्न लगाएको स्वीकारेको इलाका प्रहरी कार्यालय काहेलपुरका डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।

‘केही महिनाअघि मृतक कृष्ण र उनका बुबा घिरन गडरियालाई मृतक अञ्जली गडरियाले उस्काएर विजयलाई घरायसी विषयलाई लिएर कुटपिट गर्न लगाएको कारण विजयले रिसिभि थियो ।,’ डिएसपी मल्लले भने, ‘उक्त रिसिभिका कारण नै १८ दिनअघि बिजयले केही व्यक्तिलाई भाइ–बुहारीलाई मार्न सुपारी दिएका थिए ।’

गडरिया दम्पती आफ्नै घरमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका थिए । उनीहरुको करिव १ वर्ष पहिला विवाह भएको थियो । विहान नउठेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेपछि मात्र घटना सार्वजनिक भएको थियो ।

बाँके प्रहरीले मंगलबार अपरान्ह पत्रकार सम्मेलनमार्फत घट्नाबारे जानकारी दिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

Previous articleकोहलपुरमा एक दम्पती मृत भेटिए, हत्याको आशंका
Next articleनेपालगञ्जको बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here