नेपालगञ्जको बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-२१ को बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।

बुधबार राती करिब पौने दश बजेको समयमा दुई समूहबीच भएको उक्त झडपमा परि पाँच जना घाइते भएको स्थानीयको भनाई छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जले प्रहरी टोली घट्नास्थलमा पुगेको तर घट्नाको बिस्तृत विवरण बारे जानकारी हुन नपाएको बताएको छ ।

घट्ना के कति कारणले भएको र झडपमा घाइतेहरुको यकिन विवरण भने आउन बाँकी छ ।

Previous articleघरायसी बिवादले लियो आफ्नै भाई-बुहारीको ज्यान
Next articleमहेन्द्र क्याम्पसकाे छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here