महेन्द्र क्याम्पसकाे छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको अलपत्र अवस्थामा रहेको छात्राबासलाई पूर्णता दिनका लागि पहल अघि बढाउनुभएको छ ।  

नगर प्रमुख विष्टको पहल र समन्वयमा  भारतीय राजदुताबासका शाखा अधिकृत  चन्द्रप्रकाश नेतृत्वको टोलीले बिहिवार अलपत्र अवस्थामा रहेको छात्राबास र क्याम्पसका जीर्ण भवनको स्थलगत अनूगमन गरि जानकारी लिएको छ ।

सो अवसरमा भारतीय दुताबासका शाखा अधिकृत चन्द्र प्रकाशले दुताबासको सहयोग भएपनि भवन निर्माण कार्य अलपत्र परेकोमा भारत सरकार दुःखित भएको बताउनुभयो ।

निर्माण ब्यवसायीको कमजोरीका कारण डिग्री भवन र छात्राबास भवन अलपत्र भएको भन्दै उहाँले छात्राबासको पूर्णताका लागि पुनः लागत स्टिमेट तयार गरि दुताबासको सम्पर्कमा आउनु आग्रह गर्नुभयो ।सो अवसरमा नगर प्रमुख विष्टले अधुरो रहेको डिग्री भवन उपमहानगरपालिकाको आर्थिक सहयोगमा पूर्णता दिइएको जानकारी दिनुभयो ।

छात्राबासँगै क्याम्पसका बर्षौ पुराना भवन निर्माणमा सहयोग गर्न नगर प्रमुख विष्टले भारतीय दुताबासलाई आग्रह गर्नुभयो ।

मब क्याम्पस नेपालगञ्जका प्रमुख लालमणी आचार्यले  क्याम्पसमा रहेका जीर्ण भवन निर्माण तथा छात्राबासलाई पूर्णता दिनका लागि नेपालगञ्ज उपमहानगरपालिका र भारतीय दुताबास समक्ष माग गरिएको जानकारी दिनुभयो ।

नगर प्रमुख विष्ट क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनीयनको उपसभापति रहेको अवस्थामा भारतीय दुताबास समक्ष छात्राबास र डिग्री भवन निर्माणका लागि प्रस्तावना माग गरिएको थियो ।

नगर प्रमुख विष्टले आफुले उच्च शिक्षा अध्ययन गरेको र राजनीतिको सुरुवात गरेको क्याम्पस भएका कारण मब क्याम्पसको भौतिक र शैक्षिक सुधारका लागि सक्दो प्रयत्न गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

Previous articleनेपालगञ्जको बिर्ता गाउँमा झडप हुँदा पाँच जना घाइते
Next articleनेपालमा बाघको संख्या लक्ष्यभन्दा बढी पुग्यो,

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here