नेपालमा बाघको संख्या लक्ष्यभन्दा बढी पुग्यो,

फाइल तस्बिर

काठमाण्डौं । नेपालले पछिल्लो दश वर्षमा बाघको संख्या लक्ष्यभन्दा बढी बनाएको छ । विश्व बाघ दिवसका अवसर शुक्रबार सार्वजनिक भएको नेपालको बाघ गणनाको तथ्यांक अनुसार नेपालमा अहिले ३५५ वटा बाघ छन् ।

नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो । सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो । त्यही वर्ष रूसको पिटसबर्गमा विश्व बाघ सम्मेलन भयो । उक्त सम्मेलनमा बाघ पाइने १३ मुलुकका प्रतिनिधि सहभागी थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नै जानुभएको थियो ।

उक्त सम्मेलनमा नेपालले सन् २०२२ सम्म आफ्नो देशमा बाघको संख्या दोब्बर पार्ने प्रतिवद्धता व्यक्त गर्‍यो । त्यति बेला नेपालमा १२१ वटा बाघ थिए । सन् २०२२ सम्म त्यो संख्या २५० पुर्‍याउने नेपालको लक्ष्य थियो ।

बाघको संख्या बढाउन उनीहरूलाई चाहिने बासस्थान र आहार पाइने क्षेत्र पनि बढाउनुपर्थ्यो । सरकारले त्यसका लागि बाँकेमा नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्‍यो। पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल थप्यो ।

अहिले नेपालमा भएकामध्ये पर्सामा ४१, चितवनमा १२८, बाँकेमा २५, बर्दियामा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा ३६ वटा बाघ छन् ।बाघहरूको संख्या बढेसँगै निकुञ्ज र आरक्ष आसपासका बासिन्दामाथि बाघको आक्रमण बढेको छ ।

Previous articleमहेन्द्र क्याम्पसकाे छात्राबासलाई पूर्णता दिन नगर प्रमुख विष्टको अग्रसरता
Next articleप्रहरीले डियूटीमै बलात्कार गर्न खोजेको आरोप, असई चौलागाई पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here