
हरि अधिकारी
खजुरा । खजुराको मुटुमा रहेको मुख्य चोक भनेर चिनिने बि गाउँ जाने चोक अहिले अस्त ब्यस्त बनेको छ । च्यामा रोडले जोडिएको हुलाकी मार्गलाई क्रसिङ गर्दै उक्त रोड हिजो आज कसैको ध्यान नपुग्दा अस्त व्यस्त बनेको हो ।
यो चोक खजुरा गाउँपालिकाका पुर्व अध्यक्षकाे निवास अगाडी छ । चोकमा दिनप्रति दिन दुर्घटना भइरहनु, इ-रिक्साको अस्त ब्यस्त पार्किङ हुनु र सडकमा गुडिरहेका ठुला तथा साना गाडीहरुको आवोत जावतको चापले अस्त ब्यस्त बनेको छ ।
चोकको वरिपरि अन्य फुटपात पसल र मुख्य चोक भएको पिपलको बोटले अझ उक्त चोकमा दुर्घटना हुने संभावना बढदो छ । यसरी चोक नै अस्त व्यस्त बन्दै दुर्घटना बढ्ने सम्भावना बढ्दै गएपनि स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन ।
‘ट्राफिक प्रहरीलाई किन यस्तो भयो भनेर प्रश्न सोध्दा चोकमा धेरै काम छ, जुन काम पालिकाको रोहबरमा हामीले गर्ने हो, तर पालिकाको मापदण्डमा हुन्छ भन्छन् ।,’ स्थानीय चौकीका ट्राफिक प्रहरीहरुको भनाई छ ।
चोकदेखि दक्षिणतर्फ बनाइएको बाल उधान पनि जोखिम पुर्ण रहेकोले उक्त स्थान भबितब्यमा निकै काहली लाग्दी अवस्था आउन स्थानीय सरकारको अबको यो स्थानको पहल के हुन्छ भन्नेमा स्थानीहरु अझै अन्योलमा छन् ।
उक्त चौकमा रहेको पिपलको बोटको कारण आधा बाटो नै अबरुद्ध बनेको छ ।





