
नेपालगन्ज । नेपालगन्जका साहित्यकार सनत रेग्मी प्रेम प्रकाश मल्ल स्मृति पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिले शनिबार प्रेम प्रकाश मल्ल ‘मधुकर’ को ८७ औं जन्मजयन्तीको अवसरमा साहित्यकार रेग्मीलाई नगदसहित सम्मान गरेको हो ।
भेरी साहित्यले पुरस्कार अर्पण एवम् स्रष्टा सम्मान समारोहको कार्यक्रम आयोजना गर्दै रेग्मीलाई नगर ५० हजार १ सय ११ रुपैयाँ नगद प्रदान गरेर पुरस्कृत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुम प्रशान्त विष्ट, भेरी साहित्यका केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सिना लगायतले रेग्मीलाई पुरस्कृत गर्नुभएको हो । रेग्मीले नेपालगन्जमा रहेर विगत ५० वर्षदेखि भाषा साहित्यमा योगदान दिएवापत पुरस्कृत गरिएको हो ।
भेरी साहित्यले योपटक पुरस्कार राशी बढाएको छ । विगतमा ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशीबाट शुरु भएको प्रेम प्रकाश मल्ल स्मृति पुरस्कारलाई गत वर्ष २५ हजार १ सय ११ रुपैयाँ र यो वर्षबाट ५० हजार १ सय ११ रुपैयाँ पु¥याइएको छ ।
त्यसैगरी कार्यक्रममा नेपालगन्जका साहित्यकार अस्थक रसुल र कलाकार राजविक्रम चन्दलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा उपस्थित स्रष्टाहरुले प्रेम प्रकाश मल्ल ‘मधुकर’ले शाहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । उनीहरुले साहित्यकार मल्लले प्रजातन्त्रमा भोगेको लट्ठीदेखि नेपाली साहित्यलाई नयाँ उचाईमा पु¥याउन दिएको योगदानको बारेमा चर्चा गरेका थिए ।





