नेपालगञ्जलाई सफा स्वच्छ बनाउन जनप्रतिनिधिको सक्रियता आवश्यक

नेपालगञ्ज । नेपालगञ्जका जनप्रतिनिधिहरुले यहाँको सरसफाई क्षेत्रमा रहेको समस्याको निष्कर्ष निकालेका छन् । नेपालगञ्ज शहरको सरसफाईलाई गुणस्तरीय बनाउन बाधक रहेका कुराहरुको पहिचान गरेका हुन ।

बढ्दो शहरीकरणसंगै नेपालगञ्जमा सरसफाईको समस्या बढ्न थालेको छ । यहाँको मुख्य चोक, चौराह, तथा सार्वजनिक स्थलका साथै बिभिन्न टोल समुदायमा सरसफाईको समस्या बढ्न थालेको देखिएको छ ।

मानव जीवनमा प्रभाव पार्ने सरसफाईलाई सही र आवश्यकता अनुसार गर्न नसकिएको खण्डमा नकारात्मक असर गर्ने गर्दछ । वातावरणलाई सफा स्वच्छ बनाएर मात्र सहज जीवन यापनमा मद्दत पुग्ने पनि आम व्यक्तिलाई जानकारी छ ।

यस्ता कुराबारे जानकारी हुँदा हुँदै पनि नेपालगञ्जबासीको लापरवाहीका कारण सरसफाईको समस्या बढ्दै गएको जनप्रतिनिधिहरुको भनाई छ । तर बजेट अभावका कारण आफुहरुले चाहेजतिको काम गर्न नसकिएको र आम जनतालाई बुझाउन नसकिएको पनि स्वंयम जनप्रतिनिधिहरुको बुझाई छ ।बढदो शहरीकरणसंगै नेपालगञ्जको वातावरण सफा स्वच्छ बनाउन जनप्रतिनिधिहको सक्रियता रहने नेपालगञ्जका मेयर प्रशान्त बिष्टले बताउनुभयो । उहाँले नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई सफा सुग्घर बनाउन, यहाँको वातावरणलाई स्वच्छ बनाई राख्नका लागि आवश्यक पहल र कार्यहरु अघि बढेको जानकारी गराउनुभयो ।

सरसफाईका क्षेत्रको सवलीकरण र सुदृढीकरणका लागि बिभिन्न संघ संस्थासंगको समन्वय सहकार्य समेत आवश्यक रहेको र यस्ता कार्यका लागि उपमहानगरपालिका तयार रहेको पनि मेयर बिष्टले बताउनुभयो ।

नेपलागञ्ज शहरलाई सफा बनाउनका लागि तयार गरिएको स्वच्छ र खुशी परिवार सामाजिक व्यवहार परिवर्तन रणनीतिका बारेमा नेपालगञ्जमा आयोजना गरिएको छलफलमा उपमहानगरपालिकाले आवश्यक कार्यहरु गरिरहेको मेयर बिष्टले जानकारी गराउनुभएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय, एस एन भि नेपाल, गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सहकार्यमा मित्र समाजको आयोजनामा भएको छलफलमा नेपालगञ्जको सरसफाईमा बाधक बनेको बिषयबस्तुमाथि छलफल गरिएको थियो ।

कार्यक्रममा नेपालगञ्जका सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, समाजका कार्यकारी निर्देशक बिवेक सिंह ठकुरी, टिम लिडर बिजय दिललामा, एस एन भिका वास अधिकृत सुरज राजभण्डारी, गेरुवाका स्वच्छता परियोजना संयोजक गफ्फार शेषको उपस्थिति रहेको थियो ।

Previous articleप्रेम प्रकाश मल्ल स्मृति पुरस्कारबाट रेग्मी पुरस्कृत
Next articleसहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस मनाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here