सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस मनाइयो

नेपालगञ्ज । सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस २०७९ को अवसरमा नेपालगन्जमा सम्मान एवं बिचार गोष्ठी गरिएको छ ।

दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन, बाँके र बर्दियाको संयुक्त आयोजनामा सहिद परिवारलाई सम्मान एवं नेपालमा ट्रेड युनियन आन्दोलनस् इतिहास, उपलब्धि र आवश्यकता विषयक वृहत् विचार गोष्ठी एवं अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

नेपालमा ट्रेड युनियन आन्दोलनस् इतिहास, उपलब्धि र आवश्यकता विषयमा संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा राजनीतिक दलका नेता, संगठनमा आवद्ध कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous articleनेपालगञ्जलाई सफा स्वच्छ बनाउन जनप्रतिनिधिको सक्रियता आवश्यक
Next articleगाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here