थप दुई जनाको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ९६ पुग्यो

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको हो । यस्तै अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

मुटुको बिरामी उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

Previous articleबाँकेका २२ सहित ३० जनामा कोरोना पुष्टि
Next articleब्राउन सुगरसहित पुरैनीबाट २ युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here