
बाँके । ब्राउन सुगरसहित पुरैनीबाट २ जना युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले नेपालगन्ज वडा नं- २२ स्थित शान्ती चोकबाट बिहीबार दिउँसो ३ बजेको समयमा स्थानीय ३२ वर्षीय राकेश कुमार लोनिया र २८ वर्षीय छविलाल लोनियालाई ब्राउन सुगरसहित पक्राउ गरेकाे हाे ।
लागू औषधको कारोवार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे उनीहरूकाे साथबाट प्लाष्टिकको २ र कागजको १ वटा पुडिया बनाई राखेको २ ग्राम १०० मि.ग्रा. ब्राउनसुगर जस्तो देखिने धुलाे पदार्थ बरमद गरेकाे बाँके प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिनुभयाे ।





