गाउँपालिका कार्यालयमा अध्यक्षकी श्रीमतीलाई भान्सेको जागिर

अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले श्रीमती जयसरालाई गाउँपालिका कार्यालयमा भान्से पदमा नियुक्ति दिलाउनुभएको छ ।

उहाँले जेठ १५ गतेदेखि मंसिर १५ गतेसम्मका लागि नियुक्ति दिलाउनुभएको हो । जयसरासँग भएको करार सम्झौता र नियुक्तिपत्रमा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ ।

सम्झौता अनुसार जयसराले मासिक २१ हजार ३०० तलबसहित पोशाक भत्ता १० हजार रुपैयाँ दशैं भत्तासमेत पाउने अनलाईन खबरले लेखेको छ ।

Previous articleसहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस मनाइयो
Next articleबाल सुधार गृहमा स्वास्थ्य शिबिर, ११५ को स्वास्थ्य परिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here