नेपालगन्ज बजारमा शंकास्पद बस्तु फेला, डिस्पोजल टाेली घट्नास्थलमा

नेपालगन्जको त्रिवेणी मोडमा शंकाष्पद बस्तु फेला परेको छ ।

कोरोनाको महामारिले लकडाउन चलिरहदा बिहीबार बेलुकी शंकास्पद  सुटकेश फेला परेकाेे छ ।

स्थानीयले शंकास्पद बस्तु बम भएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका छन् । स्थानीयले खबर गरे लगत्तै प्रहरी उक्त स्थानमा पुगि अनुसन्धान सुरु गरेको छ ।

तर बेवारिसे सुटकेस भित्र के छ भन्ने अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता सुवास खड्काले शंकास्पद भएकाले नेपली सेनाकाे डिस्पोजल टोली पुगकाे जानकारी दिनुभयो ।

Previous articleब्राउन सुगरसहित पुरैनीबाट २ युवा पक्राउ
Next articleशंकास्पद शुटकेश भित्र कपडा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here