नेपालगञ्जमा नगर प्रमुखको छड्के

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको छ ।

अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहिवार उप–महानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनूगमन गर्दा ३२ जना कर्मचारीहरुले हाजिरी नगरेको पाइएको हो ।

नगर प्रमुख विष्टका अनुसार विहान १०.२० बजे हाजिरी रजिष्ट्रर छडके गर्दा १२ जना अधिकृतस्तरका कर्मचारीहरु अनुपस्थित पाइएको हो । उनीहरु मध्ये अधिकाँश शाखा प्रमुखको जिम्मेवारीमा समेत छन् ।

यसैगरी पाँचौं तहका ७ जना र करार १३ जना कर्मचारी पनि अनुपस्थित पाइएको हो । नगर प्रमुख विष्ट सहितको टोलीले दैनिक समयमै कार्यालयमा उपस्थित रहन र समयभित्रै उपस्थिती जनाउन निर्देशन दिएको छ ।

पहिलो चरणमा हाजिरी छड्के गरेको नगर प्रमुख विष्ट सहितको टोलीले सेवा प्रवाह लगायतका विषयमा पनि निरन्तर अनूगमन गर्ने जनाएको छ । नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको हाजिरी रजिष्ट्ररको अनुगमन गरिरहेको नगरपालिकाको टोलीले बिहिवार आकस्मिक रुपमा कर्मचारीको पनि हाजिरीको अनूगमन गरेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments