जानकीमा बृक्षारोपण अभियान शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले बृक्षारोपण कार्यक्रम शुरु गरेको छ । जानकीको वातावरण तथा विपद् ब्यवस्थापन शाखाले बिहीबारदेखि वृक्षरोपण कार्यक्रम शुरु गरेको हो ।

जानकी मातहतका वडा नम्बर ४, ५ र ६ को वडा कार्यालय र सामुदायिक विद्यालयहरुमा बिहीबार वृक्षरोपण कार्यक्रम गरिएको जानकीका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिनुभयो ।

रुख लगाऔं, वातावरण बचाऔं भन्ने मुल नाराका साथ वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंहको नेतृत्वमा शुरु भएको बृक्षारोपण कार्यक्रमलाई डिभिजन वन कार्यालय बाँके र कोहलपुर वन कार्यालयले सहयोग गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि डिभिजन कार्यालय र कोहलपुर कार्यालयबाट २ हजार बिरुवा सहयोग भएको छ । अभियान अन्तर्गत निम, सितल चिनी, बकैइना, वनरज, गोल्ड मोहर, छतिवन र कदम लगायत जातका बिरुवाहरु रोपिएको छ ।

वडा कार्यालय तथा सामुदायिक विद्यालयहरुमा करिब पाँच सय बिरुवा निस्शुल्क वितरण गरिएको छ ।

Previous articleनेपालगञ्जमा नगर प्रमुखको छड्के
Next articleलुम्बिनीमा सामाजिक सूचना व्यवस्थापन प्रणाली शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here