शंकास्पद शुटकेश भित्र कपडा

बाँके । नेपालगन्जको त्रिवेणी माेडमा भेटिएकाे शंकास्पद बस्तु बम नभएकाे पुष्टि भएकाे छ ।

घट्नास्थलमा पुगेकाे नेपाली सेनाको डिस्पोजल टाेलीले भेटिएको शुटकेश खाेलेर हेर्दा केहि नभएकाे भेटिएकाे छ ।

सेनाले शुटकेश खाेल्दा भित्र कपडा भरिएको पाईएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्रीका अनुसार शुटकेशभित्र कपडा बाहेक अरू केही नभएकाे बताउनुभयो ।

बिहीबार साँझ करिब ८ बजे त्रिवेणी माेडमा ताल्चा लागेकाे शुटकेश भेटिएपछि स्थानीयमा त्रास उत्पन्न भएकाे थियाे ।

माेडकाे उत्तर पश्चिम पट्टी घर अगाडिको चाैताराेमा शुटकेश फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेकाे प्रहरीले साे क्षेत्रमा सावधानी अपनाएकाे थियाे ।

Previous articleनेपालगन्ज बजारमा शंकास्पद बस्तु फेला, डिस्पोजल टाेली घट्नास्थलमा
Next articleबाँकेमा थप ११ जनामा संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here