
नेपालगञ्ज । मिस्टर र मिस थारु प्रतियोगिता-२०२२ को नेपालगञ्जमा संचालन भएको अडिसनबाट ६ जना छनौट भएका छन् ।
नेपालगञ्जमा भएको अडिसनबाट आशिष थारु, निशान्त थारु, अशोक थमलहवा थारु, लाल बहादुर रतगैया, भावना चौधरी र माया चौधरी छनौट हुनुभएको हो । अडिसनमा आठ जना सहभागि भएका थिए ।
अडिसनको निर्णायक भुमिकामा संचारकर्मी प्रज्वल श्रेष्ठ, निर्देशक सुरजदेव कुसुम्या, प्रस्तोता, गायक एवं चर्चित कार्यक्रम संचालक श्रीदेवी थारु र मिस्टर र मिस थारु २०२१ को फाईनालिष्ट निरु थारु रहनुभएको थियो ।
जहा इन्टरटेनमेन्टको आयोजनामा भएको अडिसनबाट हामीले उत्कृष्ठ छ जना छनौट गरिएको निर्णायक श्रेष्ठले बताउनुभयो । अडिसनमा बिशेष अतिथिका रुपमा युवा नेता बिनोद थारु रहनुभएको थियो ।





