नेपालगन्ज कारागारमा रहेका कैदीबन्दीहरूकाे स्वास्थ्य परिक्षण

नेपालगन्ज । जिल्ला कारागार कार्यालय नेपालगन्जमा आज निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

लाइफलाइन जनरल हस्पिटलले कारागारमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । कैदीबन्दीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन हस्पिटलले निःशुल्क शिविर गरेको डा.पारश श्रेष्ठले जानकारी दिनुभयो ।

कैदीबन्दीहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि हस्पिटलले आफ्नो दायित्व सम्झेर शिविर गरेको डा.श्रेष्ठले बताउनुभयो ।

उहाँले कैदीबन्दीहरुलाई स्वास्थ्य समस्याबाट जोगिने तवरतरिकाबारे समेत सचेत पार्ने काम गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम अन्य ठाउँमा पनि गर्ने जानकारी दिनुभयो ।

कारागारमै निःशुल्क शिविर आयोजना गरिएपछि कैदीबन्दीहरुलाई धेरै राहात मिलेको कारागार प्रमुख रामकुमार सोनकरले बताउनुभयो ।

नेपालगन्ज कारागार कार्यालयको संयोजनमा भएको शिविरमा चेकजाँच गरिएका अधिकांश कैदीबन्दीमा छाला सम्बन्धि समस्या देखिएको उहाँको भनाइ छ ।

त्यस्तै नाक, कान र घाँटीसँग सम्वन्धित समस्या पनि केहीमा देखिएको छ । उनीहरुलाई आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको छ । शिविरमा फिजिसियन, दन्त, ईएनटीलगायतको सेवा दिइएको थियो ।

शिविरमा फिजिसियन डा.पारश श्रेष्ठ, फिजिसियन डा.क्रिस्टिन श्रेष्ठ, नाक, कान तथा घाँटी रोगका चिकित्सक डा अजय बैश्य, दन्त रोग विशेषज्ञ डा.प्रतिक श्रेष्ठ, नर्सिङ सुजाता कँडेल, सिर्जना बुढाथोकी, श्रीम श्रेष्ठ, इनायत अलि, रंजीतराम काँदु, क्षमता गोसाइँलगायतको टोली शिविरमा खटिएका थिए ।

कारागारमै स्वास्थ्य सेवा पाएपछि कैदीबन्दी खुसी भएका थिए । शिविरमा २५० जना कैदीबन्दीको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको पनि डा.श्रेष्ठले बताउनुभयो ।

कारागारमा साढे ७ सय कैदीबन्दी रहेका छन् । नेपालगन्ज कारागारको क्षमता ३०० कैदीबन्दीको हो । अहिले स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कैदीबन्दीका लागि स्वास्थ्य शिविरको आयोजना गर्न भने सकेका छैनन । जस्का कारण कैदीबन्दीहरुले न्यूनतम स्वास्थ्य सेवाको उपभोग गर्न समेत बञ्चित भएका छन् ।

Previous articleनारी बिकास केन्द्रको ४७ औं बार्षिक साधारणसभा, पुर्व मेयर डा.राणा सम्मानित
Next articleमिस्टर र मिस थारु नेपालगञ्ज अडिसनबाट ६ जना छनौट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here