
नेपालगन्ज । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको अवसरमा बाँकेकाे जानकी गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाले सोमवार एक सूचना प्रकाशित गरि मगंलवार पर्वका अवसरमा सार्वजनिक विदा दिईएकाे जनाएको छ ।
सोमबार बसेको जानकी गाउँपालिकाको गाउँकार्यपालिका बैठकले मुस्लिम धर्मावलम्बीहरूको महान पर्व मोर्हरमको अवसरमा गाउँपालिका स्थित रहेको स्वास्थ्य संस्थाको वर्थिङ सेन्टर बाहेक गाउँपालिका र सो अन्तरगत शिक्षण संघ संस्था र वडा कार्यालयहरूमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ ।
हिन्दु मुस्लिम समुदायको बाहुल्यता रहेको र सबैले धुमधामका साथ मनाउने भएकाले यश दिन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष छ्ब्बन खाले जानकारी दिनुभयो ।





