बाँकेको चिसापानीबाट ५९ लाखकाे अबैध सामानसहित एक ट्रक नियन्त्रणमा

नेपालगन्ज । बाँकेको चिसपानीबाट सशस्त्र प्रहरीले ५९ लाख बराबरको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएकाे छ ।

भारतबाट भन्सार छलेर लैजाँदै गरेको सय बोरा चिनी, तीन सय बोरा चामल, २९ बोरी सुपरपावर र सय पिस लेडिज सुट गरि ५९ लाख ४० हजारकाे सामानसहित ट्रक नियन्त्रणमा लिएको हाे । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेटक्वाटर बागेश्वरी बाँकेबाट प्रहरी उपरीक्षक जनकराज बस्नेतकाे कमान्डमा खटिएको टाेलीले मंगलबार दिउँसो २ बजे पक्राउ गरेकाे हाे ।

अबैध सामान रहेकाे भे १ ख ३५८८ नम्वरको ट्रकसंगै चालक र सहचालकलाई समेत सशस्त्रले नियन्त्रणमा लिएको छ । दैलेखकाे गुराँसे गाउँपालिका वडा न-४ का २७ वर्षीय चालक गाैरब गिरी र सहचालक दैलेख दुल्लु नगरपालिका वडा न-१२ का २१ वर्षीय अर्जुन रावतलाई पक्राउ गरिएको जनाएकाे छ ।

Previous articleअदालतकाे आदेश अनुसार बाल पार्क निर्माण शुरू : मेयर बिष्ट
Next articleसुधारतर्फ अघि बढ्दै भेरी अस्पताल, निःशुल्क सेवाका लागि सिफारिस नचाहिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here