
नेपालगन्ज । यही भाद्र १० गतेबाट प्रर्दशनमा आउन लागेको नेपाली कथानाक चलचित्र ‘प्रकाश’को युनिट नेपालगञ्ज आइपुगेको छ ।
नेपालगन्ज आएलगत्तै फिल्म युनिटले पत्रकारसंग फिल्म प्रदर्शनबारे अन्तरक्रिया समेत गरेको छ ।
पत्रकार सम्मेलनमा चलचित्र लेखक बिकास सुबेदीले ‘प्रकाश’ चलचित्रले समाजका सङ्घर्षी यात्रा र राजनितीक अवस्थालाई दर्साउन खोजेको बताउनुभएको छ ।
जुम्लाको एक विकट ठाउँको गरिब, पिछाडिएको वर्गहरुले आफ्नो सपना पुरा गर्न गरेको सघंर्ष तथा भोगेको दुःख र पिडाहरुलाई ‘प्रकाश’ चलचित्रले कडात्मक रुपमा प्रस्तुत गरेको चलचित्र निर्माता महेन्द्र अधिकारीले बताउनुभयो ।
पश्चिमको कला संस्कृति देखाउँन खोजेका छौं, निर्माता अधिकारीले भन्नुभयो, मुख्यतय प्रदेश पाँच र छ को पर्यटनलाई प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ ।
करिब २ करोड पचास लाखमा निर्माण गरिएको चलचित्र रिलिज अगावै निर्माताले बितरणबाट ८० प्रतिशत लगानी उठाईसकेका छन् ।
‘प्रकाश’ प्रदिप खड्का र दिपा मास्के लगायत अन्य कलाकारहरुको अभिनय छ ।





