नरैनापुर सुख्खा क्षेत्र घोषणा

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य किसान पानी नपरेकाले धान रोपाई गर्न पाएका छ्रनन भने बैकल्पिक उपायमार्फत लगाएको धानवाली समेत नष्ट भईसकेको छ ।

बढदो गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरेपछि कृषियोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरु सुक्न थालेपछि नरैनापुरमा पानीको हाहाकार मच्चिएको छ । यो वर्ष पानीको अभावमा समस्या र्सजना भएपछि पालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत भरत बस्नेतले बताउनुभयो ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बिहिरबार बसेको आकस्मिक वैठकले सो निर्णय गरेको हो । सिचाईका लागि डिप बोरींग लयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियत स्वरुप डिजलको व्यवस्था गर्न, कृषि विद्युतीकरणको व्यवस्था गर्न र कृषि मिटर उपलब्ध गराई विद्युत महसुल निःशुल्क गर्न बैठकमा कुरा उठेको बताउँदै नरैनापुर ४ का वडा अध्यक्ष मनोज शर्माले बताउनुभयो ।

यस पटक नरैनापुरमा प्रसस्त पानी नपरेका कारण यहाँका जनताले रोपाई गर्न नपाएको वडाअध्यक्ष शर्माले बताउनुभयो । यस्तै किसानका लागि बिशेष राहतको प्याकेज ल्याउन प्रदेश र संघीय सरकारसँग गाँउपालिकाले आग्रह गर्ने भएको छ । खडेरीले गर्दा कृषिमा आश्रित वहुसंख्यक जनताको जीवन कष्टकर बन्दै गएको छ ।

Previous articleएक दर्जन पसललाई कारबाही, एक लाख १२ हजार जरिवाना असुल
Next articleपश्चिमको कला संस्कृतिको ‘प्रकाश’ यही भाद्र १० बाट प्रदर्शन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here