नागरिकता विधयेक प्रमाणीकरण बारे सूचना माग

नेपालगन्ज । नेपाली नागरिकता विधयेक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ ।

नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबा राष्ट्रपतिको कार्यालयसंग सूचना माग गर्नुभएको हो ।

नेपाली नागरिकता संशोधन विधयेक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुँदा हालसम्म पनि राष्ट्रपतिबाट के कति कारणले उक्त विधयेक प्रमाणीकरण नगरिएको हो, त्यसको जानकारी र उक्त विधयेक कहिले प्रमाणीकरण हुने हो र कुन मितिमा हुने हो सोको पुर्ण रुपमा जानकारी पाउँ भनेर सूचना माग गरिएको हो ।

नेपालको संविधान धारा २७ मा ब्यवस्था भएअनुुार सबैले थाहा पाउने अधिकार अन्तर्गत राष्ट्रपतिको कार्यालयका सूचना अधिकारीसमक्ष इमेलमार्फत सूचना माग गरिएको हो ।

Previous articleडुडुवामा स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाइने
Next articleनेपालगञ्ज उपमहानगरद्वारा फोहोर व्यवस्थापन सचेतना विशेष अभियान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here