नेपालगञ्ज उपमहानगरद्वारा फोहोर व्यवस्थापन सचेतना विशेष अभियान

नेपालगञ्ज । नेपालगञ्ज शहर र वरिपरिको क्षेत्रमा फोहोर ब्यवस्थापन कार्य चुनौती पूर्ण बन्दै गएपछि फोहोर ब्यवस्थापनमा आम नागरिकको सचेतना बढाउन सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्न थालिएको छ ।

फोहोर ब्यवस्थापनमा आम नागरिकको चेतना बढाउन र जनचासोको दायरा फराकिलो पार्न “कम प्रयोग, पुन प्रयोग र प्रसोधन गरेर प्रयोग” भन्ने अभियान संचालन गरेको छ ।

सोही कार्यक्रम अन्तर्गत आम नागरिकमा सचेतना बढाउन साउन २९ गते नेपालगन्जमा विभिन्न क्षेत्रका ५०० सय जना बढी सरोकारवालाहरुको सहभागितामा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालगञ्जको धम्बोजी चोकमा सडक नाटक गरि र्याली घरबारी टोल, त्रिभुवन चोक, बिपी चोक हुँदै भेरी प्राबिधिक शिक्षालयमा पुगि सरोकारवालाहरुको उपस्थितिमा कम प्रयोग, पुन: प्रयोग र प्रसोधन गरेर प्रयोगको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको नेपालगञ्जका मेयर प्रशान्त बिष्टले नेतृत्व गर्नुभएको थियो ।

उपमहानगरपालिकाले जी.आइ.जेड र विश्वका चिकित्सक संस्थासँग समन्वय गरि काम गर्दै आएको र भेरी वातावरणीय विशिष्टता समुह (बी ग्रुप) लाई फोहोर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गर्न जिम्मा मेयर बिष्टले बताउनुभयो ।

कार्यक्रममा उपमहानगरपालिकाको फोहोर ब्यवस्थापन नीति तथा कार्यकमका बारेमा सहभागीहरुको जिज्ञासा मेयर बिष्ट, वातावरण ईन्जिनियर प्रकाश डिसीले प्रकाश पार्नुभएको थियो ।नेपालगञ्जलाई सफा नगर बनाउन आम नागरिकले घर घरमा नै कुहिने र नकुहिने फोहोर छुट्ट्याउन, सरसफाईकर्मीहरुको पेशागत स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्न यस्ता अभियानले महत्वपुर्ण सहयोग पुग्ने बिश्वास लिएको अभियन्ता डा.बिनोद कर्णले बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले फोहोर ब्यवस्थापनका लागि आम नागरिकले घरदेखि नै समाधानका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । बी–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार स्वागत गर्नुभएको कार्यक्रमको उदेश्यबारे विश्वका चिकित्सक संस्थाका कार्यक्रम प्रबन्धक बसन्त थापाले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा मेयर बिष्ट, प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी, बी ग्रुपका अधक्ष्य टेक बहादुर पुन, विश्वका चिकित्सक संस्थाका कार्यक्रम प्रबन्धक थापा, जी आई जेड क्षेत्रीय कार्यक्रम संयोजक सुवाष नेपाल, नगरपालिका वातावरण शाखा प्रमुख, सरसफाईकर्मी, कवाडी ब्यवसायी, मिडियाकर्मी, शिक्षक, विद्यार्थी, प्लास्टिक प्रसोधन ब्यवसायी, युवा क्लबका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

Previous articleनागरिकता विधयेक प्रमाणीकरण बारे सूचना माग
Next articleपत्रकार उदयराजको परिवारलाई आर्थिक सहयोग प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here