भारतको जम्मु कश्मिरमा पुलिस सवार बस दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ ।

बसमा ३९ जना सवार थिए । घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत् श्रीनगरमा रहेको सेनाको अस्पताल पुर्‍याइएको छ । ती प्रहरीहरूलाई अमरनाथ क्षेत्रमा सुरक्षाका लागि तैनाथ गरिएको थियो ।

Previous articleनेपालगञ्ज र कोहलपुरका पाँच स्थानमा आकाशे पुल निर्माण हुने
Next articleकाेहलपुरकाे जंगलमा एक बालककाे शव फेला, एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here