काेहलपुरकाे जंगलमा एक बालककाे शव फेला, एक जना पक्राउ

सांकेतिक तस्बिर

नेपालगन्ज । बाँकेकाे कोहलपुरस्थित जंगलमा एक बालकको शव फेला परेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थित आरती जंगलमा एक बालकको शव फेला परेको हाे ।

कोहलपुर वडा नम्बर १४ का अन्दाजी १५ वर्षीय बालकको शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले बताउनुभयाे ।

मृतक बालकलाई भाटा तथा लाठीले हानेर मारेको जस्तो घाउहरु देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अनुसन्धानकै क्रममा शंकास्पद एक ब्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Previous articleभारतको जम्मु कश्मिरमा पुलिस सवार बस दुर्घटना, ६ जनाको मृत्यु
Next articleहात्तीपाईले रोग विरुद्धको आम औषधी कार्यक्रमलाई प्रभावकारी बनाईने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here