बाल बिकास केन्द्रको सिकाई दिगो बनाउन क्षमता अभिबृद्धि तालिम

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा संचालित प्रारम्भिक बाल बिकास केन्द्रको सिकाईलाई प्रभावकारी बनाउन संचालन गरिएको तीन दिने क्षमता अभिबृद्धि तालिम शुक्रबार सकिएको छ ।

बाल बिकास केन्द्रका सहजकर्ताहरुको क्षमता अभिबृद्धि र सिकाई सन्दर्भ सामाग्री निर्माणका लागि गत बुधबारदेखि तीन दिने सिकाई सामाग्री निर्माण र प्रयोग सम्बन्धि क्षमता बिकास तालिम संचालन गरिएको थियो ।

तालिममार्फत सहजकर्ताहरुले आवश्यक ३० प्रकारका नमुना सामाग्रि निर्माण गरेका छन् भने दिगो सिकाई बिकास गर्न उक्त सामाग्रीको प्रयोग गर्ने ज्ञान तथा सीप आर्जन गरेका छन् । साथै यस प्रकारका नमुना सामाग्री बिधालयस्तरमा निर्माण गर्ने सहभागिले प्रतिबद्वतासहित कार्ययोजना निर्माण गरेका छन् ।खजुरा गाउँपालिका सामाजिक बिकास संयोजक कृष्णा पोखरेल बि.क, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, प्राबिधिक सहायक निर्मल रेग्मी र स्याक नेपालका कार्यसमिति सदस्य कृष्ण गिरीको उपस्थितिमा तालिमको समापन गरिएको छ । बाल बिकासको जग बलियो भएपछि मात्र माथिल्लो कक्षाको शैक्षिक स्तर मजबुत हुने शिक्षा शाखा प्रमुख मल्लले बताउनुभयो ।

खजुरामा प्लान इन्टरनेशल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा संचालित सिकाई परियोजनामार्फत शैक्षिक सुधारका लागि आवश्यक गतिबिधि संचालन हुँदै आएको छ । सोही गतिबिधि अन्तर्गत नै या तालिम समेत संचालन गरिएको हो ।गत बुधबार गाउँपालिका अध्यक्ष डम्बर बिकले उद्घाटन गर्नुभएको तालिमलाई सेतो गुराँस राष्ट्रिय बाल बिकास सेवाकी प्रशिक्षक झलक कुमारी कार्कीले सहजीकरण गर्नुभएको थियो ।

तालिममा खजुरा गाउँपालिकामा संचालित जनसेवा मा.बि, जनकल्याण आ.बि, ज्ञानोदय मा.बि, भानु मा.बि, रजनवा प्रा.बि, ने.रा.आदर्श डि गाउँ, अम्बेमाता प्रा.बि, जनकल्याण मा.बि र बसन्तापुर प्रा.बिमा संचालित बाल बिकास केन्द्रका सहजकर्ताहरु सहभागि भएको स्याक नेपालका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।

Previous articleमहेन्द्र पुस्तकालय स्थापनाको ७५ वर्ष पुरा, मनाइयो अमृत महोत्सव
Next articleट्रेड युनियनहरु आन्दोलित, कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई कारबाही माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here