महिलाहरुलाई उत्प्रेरित गर्न नेपालगञ्जमा रक्तदान, ४२ जना सहभागि

नेपालगञ्ज । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ ।

प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगञ्जको प्राबिधिक सहयोगमा गरिएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।

संघकी अध्यक्ष मिना डाँगीको सभापतित्वमा भएको कार्यक्रम अनेमसंघकी केन्द्रीय सदस्य एवं संबिधान सभा सदस्य अन्जना थारु, माओवादी केन्द्र बाँकेका संयोजक डम्मर बिक, महिला नेतृ कस्मीरा खातुन लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान गर्ने महिलाहरुको संख्या कम हुने तर रगत आवश्यकता पर्ने मध्ये महिला बढि हुने गरेकाले महिलालाई रक्तदानमा उत्प्रेरित गर्न कार्यक्रम गरिएको अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

Previous articleनेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन
Next articleविमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्किएपछि…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here