डा.बिनाेद कर्ण बाँके क्षेत्र न-२ (ख) मा स्वतन्त्र चुनाव लड्ने

नेपालगन्ज । बाँके क्षेत्र नं-२ (ख) मा डा. विनोद कर्ण स्वतन्त्र चुनाव लड्ने घाेषणा गर्नुभएको छ ।

आउदो मंसिर ४ गते हुने निर्वाचनमा बाँकेको क्षेत्र न.२ (ख) बाट नेपालगन्जका चर्चित समाजसेवी तथा क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका संस्थापक अध्यक्ष डा.विनोद कर्णले साेमबार पत्रकार सम्मेलनमार्फत स्वतन्त्र चुनाव लड्ने घोषणा गर्नुभएकाे छ ।

डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ नेपालगन्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत हुनुहुन्छ ।

डा. कर्णले नेपालगन्जलाई नमुना सहर बनाउन चाहेको भन्दै मर्नुअघि नेपालगन्ज समृद्ध भएको हेर्ने आफ्नो चाहना रहेको बताउनुभयाे ।

Previous articleविमानस्थलमा पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा एक किलो सुन निस्किएपछि…..
Next articleबाँकेका निजामती कर्मचारी आन्दोलित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here