बाँकेका निजामती कर्मचारी आन्दोलित

नेपालगञ्ज । कर्मचारी मैत्री संघीय निजामती सेवा, ऐन जारी लगायत पेशागत हकहित र सेवा सुरक्षाको मागसहित सोमबारदेखि देशैभरका निजामती कर्मचारी आन्दोलित भएका छन् ।

विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्धव श्रेष्ठका अनुसार आधिकारिक ट्रेड युनियनको आह्वानमा देशभरिका कर्मचारी आन्दोलित भएका छन् ।

कर्मचारीहरुले सोमबार एक घण्टा धर्ना दिएका छन् भने कार्यालय समयभरि कालोपट्टी बाँधेर काम गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईका अनुसार १७ गतेसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने गरिनेछ ।संयुक्त ट्रेड युनियन सञ्जालले अन्य माग पनि उठाएको छ । सञ्जालले क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर्न, तीनै तहमा कार्यरत कर्मचारीहरूलाई निजामतीको परिभाषामा समावेश गर्न, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्न माग गरेका छन् ।

त्यस्तै, तीनै तहमा अन्तरसम्बन्ध कायम हुने सुनिश्चिततासहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्न, राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको सहभागितासहित पे कमिसन गठन गर्न, तीनै तहमा कार्यरत कर्मचारीहरूको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गर्न र अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्न माग गरेका छन् ।

Previous articleडा.बिनाेद कर्ण बाँके क्षेत्र न-२ (ख) मा स्वतन्त्र चुनाव लड्ने
Next articleजानकीको प्रमुख प्रशासकीय अधिकृत अब सिंहराज डाँगी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here