गाईसँग मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु

सांकेतिक तस्बिर

कैलाली । कैलालीमा छाडा गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

डिएसपी जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र ०१०११ प ३८१६ नंको मोटरसाइलले छाडा गाईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस

Previous articleदाङमा बन्द गराउँदै हिडेका ८ जना पक्राउ
Next articleबाँके क्षेत्र न-२ का उम्मेदवार खनाल र राैनियारद्वारा चुनावी अभियान शुरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here