बाँके क्षेत्र न-२ का उम्मेदवार खनाल र राैनियारद्वारा चुनावी अभियान शुरू

नेपालगन्ज । सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा बाँकेमा राजनैतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा संगै चुनावी अभियान सुरु गरि सकेका छन् ।

त्यस्तैमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नुभएका दिवाकर खनाल र बाँके क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएका राजकुमार रौनियारले आजबाट चुनावी अभियान सुरु गर्नुभएकाे छ ।

खनाल र रौनियारले आफ्ना समर्थक र नेपाल शिव सेनाका केन्द्रिय तथा जिल्लाका अगुवा नेताहरुको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर बिधिवत रुपमा आफ्नो चुनावी अभियानको सुरुवात गर्नुभएकने हाे ।

नेपालगन्ज त्रिभुवन चोक स्थिति हनुमान मन्दीरमा उपस्थित उम्मेदवारद्वय खनाल र रौनियारले संयुक्त हनुमान चालिसा पाठ गरेर आफ्नो चुनावी अभियान बिधिवत रुपमा आजबाट सुरु गर्नुभएकाे छ ।

नेपाल शिव सेनाको नेपालगन्ज नगर अध्यक्ष सुनिल केसिको नेतृत्वमा हनुमान चालिसा पाठ गरेर बिधिवत रुपमा चुनावी अभियान सुरुवात गरिएको थियो भने नेपाल शिव सेनाका केन्द्रिय उपाध्यक्ष किशोर लामा, महासचिव मंगल जिएम, सचिव शेर बहादुर शाही केन्द्रीय सदस्य राजेश कुमार यादव र बाँके जिल्ला अध्यक्ष मदन राज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी घोषणा गरेका खनालले पत्रकारसंग कुरा गर्दै निर्वाचनको परिणाम आफ्नो पक्षमा हुने जिकिर गर्नुभयाे ।

Previous articleगाईसँग मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु
Next articleज्ञान मिसेज नेपालगञ्जको फाइनल भाद्र ११ गते हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here