दरबार हत्याकाण्डमा मारिएका कुमार खड्गविक्रमसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा नामसारी गरेको अभियोगमा कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले धनुषा जिल्लाको पिँडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रुपमा व्यक्तिकरण गरेको भन्दै आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोतका कर्मचारीसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शाह २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड हुँदा मारिएका थिए । उनी राजा महेन्द्रकी माहिली छोरी शारदाकी श्रीमान् हुन् । मन्दिरको नाममा रहेको ८ बिहागा १० गठ्ठा जग्गा व्यक्तिको नाममा ल्याउन त्यसबेला भूमिका खेल्ने र अहिले नामसारी गरेर उक्त जग्गा खरिद गर्नेहरुविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले मृत्यु भइसकेका शाहविरुद्ध भ्रष्टाचार मुद्दा नलाग्ने भए पनि उनको नाममा गएको जग्गा असुलउपर गर्न विपक्षी बनाएको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार शाहले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ बिगो कायम गरेको छ ।

आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यलय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा यमुनाप्रसाद पंजियार, खरिदार जगदेव कामतीविरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै हाल कित्ता नम्बर ५, ६, १३२, १३३, १३४ र १३५ नम्बर कित्ताबाट कित्ताकाट भएको जग्गा खरिद गर्ने अरु २७ जना विरुद्ध फिर्ता प्रयोजनका लागि विपक्षी बनाएको छ।

त्यसमा धनुषा उपमहानगर पालिकाका दिवशविक्रम शाह, विभा कुमारी यादव, राज किशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, राम विपिन साह, सज्ञान देवी, पुष्पा सिंह र लक्ष्मी नारायण मिश्रा छन् ।

त्यस्तै नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जय कुमार गोईत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना बेगम र गजेन्द्र ठाकुरलाई पनि आयोगले विपक्षी बनाएको छ ।

Previous articleसिकाई उपलब्धी बृद्धि गर्न स्वयंसेवकहरुलाई अभिमुखिकरण
Next articleनवौँ राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here