
गुलरिया । बाँके र बर्दिया जिल्लामा सिकाई परियोजना अन्तर्गत संचालन भएका कक्षाहरुका स्वयंसेवकहरुलाई कक्षा संचालन बिधिका बारेमा अभिमुखिकरण दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेद्धारा दुई वटै जिल्लामा संचालित सिकाई परियोजना अन्तर्गत सिकाई उपल्बधी कमजोर भएका बालबालिकाहरुका लागि छुट्टै उपचारात्मक कक्षा संचालन गरिएको छ ।
त्यस्तो कक्षा संचालन गर्ने स्वयंसेवकहरुले कक्षा संचालन गर्ने तौर तरिका, आवश्यक तयारी, सिकाई उपलब्धी हुने कक्षा संचालन गर्न बिहीबार गुलरियामा एक दिने अभिमुखिकरण दिइएको हो ।
बाँकेकाे ५ र बर्दिया २५ गरि ३० बिधालयमा सिकाई कमजाेर भएका बालबालिकाहरुका लागि उपचारात्मक कक्षा संचालन गरिएकाे छ ।
याे कक्षाहरु ६ महिनासम्म संचालन हुनेछ ।यसका लागि प्रत्येक उपचार कक्षामा कक्षा सहजिकरणमा १ जना सहजकर्ता राखिएकाे र यसकाे अनुगमन निरिक्षण बिधालय र परियाेजना कर्मचारीबाट हुनेगरि कार्ययाेजना निर्माण गरिएकाे छ ।
कक्षा शुरु गर्दा बिधालयसंग समन्वय गरि सिवि एग्राकाे विधि प्रकृया अपनाई सहभागी बालबालिकाहरुलाई छनाैट गरिएकाे र पुन सिकाई उपलब्धि मापनका लागि त्रैमासिक रुपमा पुन सिकाई उपलब्धि मापन गरिनेछ ।
अभिमुखिकरणलाई शिक्षा बिकास समन्वय ईकाई कार्यालय बर्दियाका निमित्त प्रमुख महेश देवकोटाले सहजिकरण गर्नुभएको थियो ।
बिधालयहरुमा अध्ययनरत सिकाई उपलब्धी कमजोर भएका बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धि गर्न छुट्टै कक्षा संचालन गरिएको सिकाई परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो । 





