
मानपुर । बाँकेको जानकी गाउँपालिकाले हिन्दू महिलाहरुको महान पवए हरितालिका तिजको अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको छ ।
पालिकाले तीजको अवसरमा शुक्रबार निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रममा पालिका मातहतका १ देखि ६ वडाका निजामती कर्मचारी लगायतका सम्पूर्ण महिलाहरुलाई तिज मिलन तथा दर कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
भाद्र १० गते शुक्रबार दिउँसो ३ बजेदेखि यातायात कार्यालय नेपालगन्जस्थित थकाली भान्सा घरमा कार्यक्रम हुने गाउँपालिका का लागि गाउँपलिकाका प्रवक्ता टिकानाथ यादवले जानकारी दिनुभयो ।





