
नेपालगञ्ज । जनता समाजवादी पार्टी (जसपा) बाट बिभाजन भएर डा.बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजबादी पार्टी बाँकेको बुद्ध सुनारको नेतृत्वमा जिल्ला समिति गठन भएको छ ।
पार्टीको बिहीबार नेपालगञ्जमा सम्पन्न प्रथम बिस्तारित बैठकबाट सुनारको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । केन्द्रीय सदस्य रेखा गुप्ताको अध्यक्षतामा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यसचिब हिक्मत बि.कको उपस्थितिमा सर्वसम्मत जिल्ला कार्यसमिती गरिएको छ ।
बैठकबाट पार्टीको जिल्ला उपाध्यक्षमा दिनेश गुरुङ र सम्झना गिरी, सचिवमा रितेश कुमार गुप्ता, सहसचिबमा राजकुमार खडकालाई चयन गरिएको छ ।
९ सदस्यीय पदाधिकारीमा हाल ५ जना र ५१ सदस्यीय जिल्ला कार्यसमितिमा ३२ जना चयन गरिएको र बाँकी पदहरु आगामी बैठकबाट थप गर्ने पार्टी नेतृत्वले जनाएको छ ।





