हत्कडीसहित भागेका युवक पक्राउ

धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखिएको छ ।

चौधरी गाँजा सेवनकर्ता भएको खुलेपछि घरमा खानतलासी गर्दा ४७ किलो गाँजासमेत फेला परेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभयो ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चौधरीका बुवा शम्भुले छोराले कुटपटि गरेको निवेदन दिएपछि शुक्रबार प्रहरीले शंकरलाई पक्राउ गरेको थियो तर पक्राउ गरेर इलाका प्रहरी कार्यालयतर्फ ल्याउँदै गर्दा उनी हत्कडीसहित भागेका थिए ।

Previous articleनेपाली काँग्रेस एक्लै चुनाव लड्न सक्षम : सभापति गाैडेल
Next articleऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here