
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ बागेश्वरी मन्दिर नजिकै रहेको हनुमत गौशालामा यही भाद्र १८ गते सुन्दर काण्ड पाठ र भण्डाराको आयोजना गरिने भएको छ ।
स्व.गुरु श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरिशंकर गिरी) को भाद्र १८ गते परेको दोस्रो पुण्य तिथिको अवसरमा गौशालामा सुन्दर काण्ड पाठ र भण्डाराको आयोजना गरिने भएको हो ।
हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति अन्र्तगत हनुमत गौशाला समितिको अध्यक्ष सुदीप भट्टराईको अध्यक्षतामा शनिबार बसेको बैठक शनिबार बिहान ८ः३० बजे देखि ११ बजेसम्म सुन्दर काण्ड पाठ गरिने, गुरुको समाधीमा आरती पूजन र सोही दिन नेपालगञ्ज–२ हनुमानगढी गौशालामा ११.३० बजेदेखि भण्डाराको कार्यक्रम गरिनेछ ।
बैठकले सो भण्डारामा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई प्रसाद ग्रहण गर्न अनुरोध गरेको छ । बैठकमा समितिका उपाध्यक्ष जीतेन्द्र सिंह, सचिव बिश्वजीत तिवारी, कोषाध्यक्ष राजेश थापा, सहसचिव बृजेश बहादुर सिंह, सदस्यहरु गजेन्द्र बहादुर हमाल र पवन कुमार अग्रवालको उपस्थित रहेको थियो । ( भाद्र १८ गते हुनुपर्नेमा २८ गते हुन गएकाेले सच्य्याईएकाे छ)





