
नेपालगञ्ज । नवौं राष्टिय खेलकुद प्रतियोगिताका लागि चेस खेलाडी छनौट गरिएको छ । प्रतियोगिता अन्तर्गत चेस खेलका लागि बाँकेको खजुरा वडा नं २ गौघाटमा रहेको योगिनी माध्यमिक बिद्यालयमा खेलाडी छनौट गरिएको हो ।
“बि.सं २०८० को दशकमा बाँकेबाट पनि ओलम्प्याट चेस खेलाडी” भन्ने नारा रहेको जिल्ला बुद्धिचाल संघ बाँकेले ६ जना छनौट गर्नुपर्नेमा किशोरीतर्फ एन एम ए एक्सीलेन्सकी ८ कक्षाकी सृष्टि शाही प्रथम, ११ कक्षाकी शोभा शाही द्धितिय र नेपालगञ्जस्थित होलील्याण्ड स्कुलकी १२ कक्षामा अध्ययनरत निलम मौय तृतिय भइ छनौट भएका छन् ।
प्रतियोगितामा खजुरा वडा नं २ स्थित गुराँस चाईल्डहुडमा ८ कक्षाकी रबिना वली, सगरमाथ इमि स्कुल नेपालगञ्जकी ३ कक्षाकी इशा गिरी बैकल्पिक रुपमा छनौट भएका छन् ।
यस्तै किशोर खुल्लातर्फ एन एम ए एक्सीलेन्सका ८ कक्षाका आयुष डेमनड्यौरा प्रथम, एन एम ए कै ८ कक्षाका अनुपजंग शाह द्धितिय र जय बागेश्वरी स्कुल नेपालगञ्जका ८ कक्षाका हेमांगबाबु सिंह तृतिय भइ छनौट भएका छन् ।
यसमा गुराँस चाईल्डहुड स्कुलका ८ कक्षाका रिजन थापा मगर, बागेश्वरी स्कुलका ७ कक्षाका अर्नव बोगटी बैकल्पिक रुपमा छनौट भएका छन् ।
छनौट प्रतियोगितामा सहभागि हुनका लागि १५ महिला र ४३ जना पुरुष गरी ५८ जनाले फारम भरेका थिए । तर १५ महिला र ३६ जना पुरुष गरी ५१ जनाले मात्रै सहभागिता जनाएको चिफ आरविटर (एनए) पशुपतिनाथ योगीले जानकारी दिनभुयो ।





