लागू औषध मुद्दामा सजाय पाएका दरै पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले लागू औषध मुद्दामा सजाय पाएका फरार एक आरोपीलाई आज (आइतबार) पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागू औषध मुद्दामा सजाय पाएका फरार आरोपी कोहलपुर नगरपालिका वडा नं १४ का २७ वर्षीय भरत दरैलाई पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतले २०७८ असोज ४ गते लागू औषध मुद्दामा ३ महिला १२ दिन कैद र पाँच सय जरिवाना तोकेको थियो ।

दरैलाई आइतबारै जिल्ला अदालत उपस्थित गराइएको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तिमगरले जानकारी दिनुभयो ।

Previous articleबाँकेमा बुद्धिचालका खेलाडीहरु छनौट
Next articleशिक्षक संगठनले एकल नृत्य प्रतियोगिता गर्दै मनायो तीज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here