
अर्घाखाँची । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शुरू गरेकाे आन्दोलनकाे अबज्ञा गरेकाे भन्दै अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकाका केही बिद्यालयमा तालाबन्दी गरिएकाे छ ।
समितले पुर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार २०७९ भाद्र १२ गतेकाे विद्यालय बन्द गर्ने कार्यक्रम रहेकाे थियाे तर उक्त आन्दोलनकाे अवज्ञा गरेका बिद्यालयमा तालाबन्दी गरिएको जनाईएकाे छ ।
यस्तै आन्दाेलनलाई सफल बनाउन सहयोग गर्ने तथा एक्यबद्धता जनाउने शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विभिन्न शिक्षक संघ संगठन, शिक्षक महासंघ, स्थानीय निकाय प्रति राष्ट्रिय समितिले धन्वाद प्रकट गरेकाे छ ।
ययसैगरी अर्को सुचना जारी नहुन्जेलसम्म यथावत् रुपमा १८ गतेसम्मकाे आन्दोलनकाे कार्यक्रम सफल बनाउन नेपाल विद्यालय कर्मचारी परिषद् अघांखाचीले आग्रह गरेकाे छ ।





