
नेपालगन्ज । नेपाल शिवसेना केन्द्रीय कार्यलयले बिगप्ती निकाल्दै संगठनको मान मर्यादा विपरित कार्य गरी संगठनलाई नै असर पर्ने खालको गतिविधी गरेको भन्दै नेपाल शिवसेना बाँकेका अध्यक्ष मदन राज शर्मालाई पदबाट निलम्बित गरेको छ ।
निलम्बित गरिएको जानकारी सहितकाे बिगप्ती
श्री मदन राज शर्मा ज्यु जिल्ला कार्य समिति, बांके
मिति २०७९ भदौ ११ गते जिल्ला कार्य समितिको सदस्यहरूले जिल्ला अध्यक्ष (तपाई) प्रति असन्तुष्ती देखाउदै दिएको निवेदन प्राप्त भएको छ साथै तपाईको कार्यशैली बाट पिडित भै जन गुनासो समेत रहेको र नेपाल शिवसेवाको स्वतन्त्र उम्मेदवार चुनावमा भाग समेत लिई रहेको अवस्थामा, संगठनको मान मर्यादा विपरित कार्य गरी संगठनलाई नै असर पर्ने खालको गतिविधी गर्नु भएको हुदा तपाईको सम्बन्धमा केन्द्रिय समिति बाट निर्णय गरि सोही मितिबाट तिन महिनाको लागि तपाई लाई बाँके जिल्ला अध्यक्षको पदबाट लिलंबित गरिएको व्योहोरा अवगत गराउद छौ ।
भवदिय मंगल जि.एम
महासचिव केन्द्रय कार्य समिती नेपालगन्ज, बांके ।





