स्रोत नखुलेको साढे २४ लाखसहित शाक्य पक्राउ

बुटवल । रुपन्देहीमा प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका-१ बाइपासबाट बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने २८ वर्षका सन्दीप शाक्यको साथबाट उक्त रमक बरामद भएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको अवैध रकम ओसार पसार हुँदैछ भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त रकमको स्रोतको वैधता नदेखिएकोले बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

भदौ १२ गते साढे ४ बजे परेका शाक्यलाई आवश्यक कारबाहीको लागि सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ । रुपन्देहीमा केही समय पहिले प्रहरीले १२ लाख रुपैयाँ बरामद गरेको थियो ।

Previous articleटिकटक बन्द गर्न माग गर्दै दुई जिल्लामा प्रदर्शन
Next articleखोप अभियानमा रेडक्रसको सहयोग निरन्तर रहने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here