टिकटक बन्द गर्न माग गर्दै दुई जिल्लामा प्रदर्शन

जनकपुरधाम । सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका दुई जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम र सिरहामा युवाले प्रदर्शन गरेका छन् ।

टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारबाही गर्नुपर्ने, टिकटक भगाउ, आफ्नो संस्कृति बचाऔं’ भन्दै दुबै जिल्लामा प्रदर्शन गरिएको छ ।

युवाहरुले टिकटक बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको कार्यालयलाई ज्ञापन समेत बुझाएका छन् ।

टिकटक बन्द संघर्ष समिति सिरहाका संयोजक राजेश यादवले टिकटक प्लेटफर्ममा अश्लिलता बाहेक अन्य केही नदेखिएको र यसले समाजमा विकृति फैलाइरहेकाले बन्द गर्नुपर्ने बताउनुभयो ।

टिकटकका कारण यौनधन्दा, आत्महत्या, समाजिक विकृति मौलाउने किसिमका गतिविधिहरु बढन थालेपछि चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।

Previous article४ मंसिरको चुनावमा उम्मेदवारले सम्पत्ति विवरण पेश गर्नुपर्ने
Next articleस्रोत नखुलेको साढे २४ लाखसहित शाक्य पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here