
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका वडा नं.१ बानियागाउँका छविलाल केवट रहेका छन् ।
उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान १, लोडगरी राखेको भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका ९ थान बरामद गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरले जानकारी दिएको छ ।
बुधबार विहान अबैध हातहतियार रहेको सूचनाका आधारमा ईप्रका भगवानपुरबाट प्रहरी निरीक्षक विरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो ।
केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ ।





