नरैनापुरका सबै वडामा डिप बोरिङ जडान गरिने : अर्थ मन्त्री शर्मा

नेपालगन्ज । बाँकेकाे नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अर्थ मन्त्री जनार्दन शर्मालाई स्वागत गर्नु भएको छ ।

नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागेपछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेपनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै केही राहातको पहल गरी दिन आग्रह गर्नु भएको थियो ।

अर्थ मन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भएपनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउदै उहाँले नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गर्नु भयो ।

मन्त्री शर्माले भारतीय सिमासंग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउँदै सुख्खा ग्रस्त क्षेत्रका लागि बिशेष व्याकेज ल्याउने जिकिर गर्नु भएको थियो ।

Previous articleबाल सुधार गृहलाई खेलकुद तथा शैक्षिक सामाग्री सहयोग
Next articleराप्तीसोनारीलाई शैक्षिक हबकाे रूपमा बिकास गर्ने मन्त्री अथकको उद्घाेष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here