
नेपालगञ्ज । लियो क्लब अफ नेपालगञ्ज सिद्धिविनायक लगायत जिल्लास्थित क्लबहरुले संयुक्त रुपमा डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बाल सुधार गृहलाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
क्लबहरुले बुधबार संयुक्त रुपमा बाल सुधार गृहमै पुगेर त्यहाँ रहेका बालकहरुलाई खेलकुदमा सहजता होस भनेर खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेका हुन ।
उक्त शैक्षिक सामाग्री बाल सुधार गृहका प्रमुख बिमला काउचा मगरलाई हस्तान्तरण गरिएको थियो । नेपाल निजामती कर्मचारी संगठन, बाँकेको समन्वयमा उक्त सामाग्री सहयोग गरिएको संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईले जानकारी दिनुभयो ।





