डिप बोरिङ्ग र राहत उपलब्ध गराउन नरैनापुरका अध्यक्ष शाहद्वारा प्रजिअलाई ज्ञापन

नेपालगन्ज । सिँचाईको अभावमा खडेरी परेको नरैनापुरका कृषकहरुलाई डिप बोरिङ्ग र राहत उपलब्ध गराउन माग गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज बिहिबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई पत्र हस्तान्त्रण गर्नु भएको छ ।

नरैनापुर गाँउपालिकाको सर्वदलिय बैठकले कृषकहरुलाई राहत दिन प्रदेश र संघीय सरकार संग माग गर्ने निर्णय गरे पछि गाँउपालिकाले उक्त निर्णयलाई माग पत्र संगै राखेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको नरैनापुरका प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी खत्रीलाई पत्र हस्तान्त्रण गर्दै अध्यक्ष शाहले भन्नुभयो, “गत वर्षको बेमौसमी बर्षाका कारण खेतमा कृषकले लगाएको धानबाली नष्ट भएको पिडा सेलाउन नपाउदै यस वर्ष समयमा वर्षात नहुदाँ धानको बिउ खेतमा नै सुकेर नष्ट भएको बताउनु भयो ।” उहाँले भन्नुभयो गाउँपालिकामा सिचाइको व्यवस्था नहुँदा ९० प्रतिशत खेत बाँझाेनै देखिएको छ ।

नरैनापुरका ९० प्रतिशत खेत बाँझाे भएपछि पालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषण गरिएको बताउनु भयो ।

नरैनापुरका कृषकलाई राहत दिन माग गर्दै गाँउपालिका अध्यक्ष शाह संगै नेकपा माओबादी केन्द्रकि केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सभा सदस्य कष्ण केसी “नमूना” पनि जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो ।

उहाँले गृह र कृषि मन्त्रालयलाई राहतको व्यवस्थापनका लागि पत्रचार गरीदिन प्रमुख जिल्ला अधिकारी संग आग्रह गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले आईतबार विपत व्यवस्थापन समितिको बैठकबाट निर्णय गराएर राहतका लागि केन्द्र सरकारलाई पत्रचार गर्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो,पानी नभएर आकाशको भरमा खेति गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि आफूले पहल थाल्ने जिकिर गर्नु भएको थियो ।

यता नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरे पछि राहतका लागि प्रदेश र संघीय सरकारका भौतिक पूर्वधार तथा यातायात मन्त्री, यूवा तथा खेलकुद मन्त्री र अर्थ मन्त्रीलाई जानकारी गराएपनि कुनै ढोस निर्णय हुन नसके पछि अर्थ मन्त्रीको सुझावमा प्रमुख जिल्ला अधिकारीलाई राहतका लागि पहल गरिदिन पत्र दिएको गाँउपालिका अध्यक्ष शाहको भनाई थियो ।

Previous articleराप्तीसोनारीलाई शैक्षिक हबकाे रूपमा बिकास गर्ने मन्त्री अथकको उद्घाेष
Next articleकर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुवैतिर उम्मेदवार सिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here